काठमाडौं । साफ यु–२० च्याम्पियनसिपमा घरेलु टोली नेपालले विजयी सुरुवात गरेको छ । निराजन धामीको गोल मद्तमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालले खेफमा गोल गर्ने अन्य राम्रा अवसर हरु बनाएपनि सदुपयोग गर्न सकेन ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा निराजन धामीले २४औ मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । त्यसअघि नेपालका समिर तामाङले गोल गर्ने राम्रो अवसर गुमाएका थिए ।
पहिलो हाफको ईन्जुरी टाईमको तेस्रो मिनेटमा श्रीलंकाका मोहमेद थिलहामले पेनाल्टी बक्स बाहिरबाट हानेको प्रहार नेपालका गोलकिवर जियारथ शेखले बचाएका थिए । दोस्रो हाफमा नेपालले गोल गर्ने राम्रो अवसर गुमाएको थियो । समिर तामाङ, अश्विन घोरासैनी र अनिल बम्जनले गोल गर्न चुकेका थिए ।
च्याम्पियनसिपमा आइतबार समूह बी मा रहेको भारत र भुटानबीच खेल हुनेछ ।