सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने प्रधानमन्त्रीको भनाइ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको संस्थागत विकास तथा सुशासनको प्रवर्द्धनका लागि राज्यको काम कारवाही र सार्वजनिक सूचनामा नागरिकको सहज पहुँच हुनुपर्ने बताएका छन् ।

राष्ट्रिय सूचना आयोग स्थापनाको १८औँ वर्षमा प्रवेश गरेका अवसरमा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले सही सूचनाको प्रवाहबाट मात्र शासन व्यवस्थाप्रति नागरिक सहभागिता बढ्ने र शासन व्यवस्थाले वैधता प्राप्त गर्ने विश्वास व्यक्त गरेका हुन् ।

उक्त अवसरमा प्रमुख सूचना आयुक्त, आयुक्तलगायत सम्पूर्ण कर्मचारीमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नुहुँदै प्रधानमन्त्री ओलीले नेपालको संविधानले नेपाली नागरिकलाई प्रदान गरेको सार्वजनिक निकायमा रहेको आफ्नो वा सार्वजनिक सरोकारको कुनै पनि विषयको सूचना माग्ने र पाउने हक स्थापित गरेको उल्लेख गरे ।

शुभकामना सन्देशमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक शासन पद्धतिमा सार्वजनिक निकायहरु नागरिकप्रति जवाफदेही, उत्तरदायी र पारदर्शी हुन आवश्यक रहेको र जवाफदेहीता, उत्तरदायी र पारदर्शी क्रियाकलापबाट मात्र देशमा सुशासन कायम गर्न सहयोग पुग्ने उल्लेख गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय