काठमाडौं । दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरवलोकन निवेदन दर्ता भएको छ ।
चिकित्सा शिक्षा सुधार अभियन्ता प्रा.डा. गोविन्द केसी र अभियानमा संलग्न शशिविक्रम कार्कीले दर्ता गरेको पुनरवलोकन निवेदनमा संविधान, संघीय कानुन र स्थापित नजिरको आलोकमा फैसला त्रुटिपूर्ण रहेको दाबी गरिएको छ ।
न्यायाधीशद्वय डा। कुमार चुडाल र शारंगा सुवेदीको इजलासले गत असार २१ मा बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालय तथा चिकित्सा शिक्षा आयोगसहितका नाममा परमादेश जारी गरेको थियो । उक्त परमादेश त्रुटिपूर्ण भएको भन्दै गत आइतबार अभियन्ताहरूले पुनरवलोकन निवेदन दायर गरेका हुन् ।