काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका लागि सबै राजनीतिक दलहरुलाई साथमा लिएर अघि बढ्ने बताएका छन् ।
लोकतन्त्रप्रति प्रतिवद्ध कांग्रेस र एमालेले संविधान संशोधनका लागि गरेको सहमती सबै दललाई साथमा लिएर अघि बढाउनका लागि भएको देउवाको भनाई छ ।
आज मंगलबार नेपाली कांग्रेसका नेता एवं समाजवादी चिन्तक स्व. प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले ठूलो दुई पार्टी बीचको संविधान संशोधन गर्ने सहमतीलाई अन्य दलहरुले आफ्नो खिलाफको रुपमा लिन नहुने पनि बताएका हुन् ।
यस्तै सभापति देउवाले दुई ठूला पार्टीबीचको सहमतीमा आउनु मुलुकका लागि आवश्यक रहेको पनि बताए ।