संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ छ: माधव नेपाल

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले संविधान संशोधन गर्ने कांग्रेस–एमालेको सहमतीमा शंका गर्ने ठाउँ रहेको बताएका छन्।

अध्यक्ष नेपालले कहिल्यै संविधान संशोधनको विषयमा नबोलेका दुई ठूला दलले मध्यरातमा संविधान संशोधन गर्ने कुरामाथि शंका गर्नु स्वभाविक रहेको अध्यक्ष नेपालको जिकिर थियो ।

मंगलबार कांग्रेसका नेता एवं समाजवादी चिन्तक प्रदीप गिरीको स्मृतिमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले संविधान संशोधन गर्ने कुरा आवश्यक रहेको भएपनि दुई ठूला नेताहरुले सही गर्दैमा त्यो सम्भव नरहेको दाबी समेत गरे ।

अध्यक्ष नेपालले संविधान संशोधनका लागि खुला बहस गर्नुपर्ने आवश्यकता पनि औंल्याए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय