आज कुन देशको विनिमयदर कति ?

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३३ रूपैयाँ ७८ पैसा र बिक्रीदर १३४ रूपैयाँ ३८ पैसा कायम गरिएको छ।

त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४८ रूपैयाँ १९ पैसा र बिक्रीमा १४८ रूपैयाँ ८५ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७३ रूपैयाँ ८५ पैसा र बिक्रीदर १७४ रूपैयाँ ६३ पैसा तोकिएको छ। त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ९० रूपैयाँ ०५ पैसा र बिक्रीमा ९० रूपैयाँ ४५ पैसा तोकिएको छ।

क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ २६ पैसा र बिक्रीमा ९८ रूपैयाँ ७० पैसा पाइन्छ। यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६९ पैसा र बिक्रीमा ३६ रूपैयाँ ८५ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६५ पैसा र बिक्रीदर ३५ रूपैयाँ ८१ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ४२ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५९ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार ३० रूपैयाँ ५६ पैसा र बिक्रीमा ३० रूपैयाँ ७० पैसा पाइन्छ।

बुधबार कुवेती दिनार एकको खरिदमा ४३७ रूपैयाँ ६२ पैसा र बिक्रीमा ४३९ रूपैयाँ ५८ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५५ रूपैयाँ र बिक्रीदर ३५६ रूपैयाँ ५९ पैसा तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय