लगातारको वर्षापछिको पहिरोले नागढुंगा सडक दुईतर्फी अवरुद्ध

काठमाडौं । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगा सडक अवरुद्ध भएको छ । नागढुंगानजिक बुधबार पहिरो जाँदा सडक दुईतर्फी अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

हाल पहिरो पन्छाउने काम भए पनि पानी परिरहेकाले केही समस्या भइरहेको प्रहरी वृत थानकोटका प्रमुख डीएसपी सूर्य सुवेदीले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि काठमाडौै भित्रिने र बाहिरिने सबै सवारी रोकिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय