अवरुद्ध गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड खुल्यो

काठमाडौं । लगातारको वर्षाका कारण अबरुद्ध गुल्मीको तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड सञ्चालनमा आएको छ ।

मदनभण्डारी राजमार्ग अन्तरगत रुरुक्षेत्र गाउँपालिका १ रातामाटामा सडक माथिबाट पहिरो खसेपछि हिजो सडक अबरुद्ध बनेको थियो ।

रुरुक्षेत्र गाउँपालिका, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा एक्साभेटरको प्रयोग गरि सडकमा खसेको लेदोसहितको पहिरो हटाएपछि सडक सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । त्यसैगरी रिडी‐रुद्रबेणी‐वामीटक्सार सडकखण्ड पनि सञ्चालनमा आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय