नेप्से परिसूचक आज २.११ अंकले बढेर २९६८.४४ विन्दुमा बन्द

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक २.११ अंकले बढेर २९६८.४४ विन्दुमा बन्द भएको छ । नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार बुधबार दिनभरीको उतारचढावकाबीच बजार झिनो अंकले बढेर बन्द भएको हो ।

नेप्से परिसूचक घटेर २९४३.६१ विन्दुसम्म झरेको थियो । त्यसपछि बजार सुधार भएको थियो । आज १८ अर्ब ९० करोड ६३ लाख रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर