सुनको मूल्य आज ११ सयले घट्यो

काठमाडौं। नेपाली बजारमा आज बिहीबार सुनको मूल्य ११ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य ११ सय रुपैयाँले घटेर तोलामा १ लाख ५१ हजार ९ सय रूपैयाँ कायम भएको हो।

बुधबार सुनको मूल्य तोलामा १ लाख ५३ हजार रुपैयाँ कायम भएको थियो। यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। बुधबार तोलामा १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार ५ रूपैयाँले घटेर १ हजार ८ सय ३० रूपैयाँमा कारोबार भैइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय