काठमाडौं । परराष्ट्रमन्त्री आरजु देउवा राणा स्वदेश फर्किएकी छिन् । मन्त्री राणाले भारतका द्वीपक्षीय संयन्त्रहरुमार्फत सम्वाद सुरु हुने विश्वास व्यक्त गरेकी छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरु कुरा गर्दै परराष्ट्रमन्त्री देउवाले आफ्नो भारत भ्रमणले दुई देशको आपसी सद्भाव अभिबृद्धि गर्न उल्ल्ेखय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरिन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री एस जयशंकरसँग भएको भेटमा बाढी, एयर रुट पञ्चेश्वर लगायतका मुद्दामा कुराकानी भएको उनले जानकारी दिइन् ।