काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले पूर्वगृहमन्त्री रवि लामिछानेको बयान आज लिने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेलाई समितिले सोधपुछका लागि दिउँसो बोलाएको छ।
लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समिति सभापति सूर्य थापाले जानकारी दिए।
लामिछानेसँगै सञ्चालक छविलाल बन्जाडे जोशीलाई पनि आज नै सोधपुछका लागि बोलाइएको छ। उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ।