नयाँ दिल्ली । भारतको उत्तरखन्ड राज्यको केदारनाथ नजिकै चार नेपाली मजदुरको मृत्यु भएको छ । बिहीबार राति परेको अविरल वर्षाका कारण केदारनाथ नजिक रहेको वर्षाको पानी जम्मा गर्ने ताल नजिकै पहिरोमा पुरिएर चार जना मजदुरको मृत्यु भएको हो । मृतक चारै जना नेपाली नागरिक भएको बताइएको छ ।
मृतकहरूलाई तुल बहादुर, पूर्ण नेपाली, किशन परियार र चीकु बोहराको रुपमा पहिचान गरिएको छ ।