आँबुखैरेनी दुर्घटनाः घाइते भेट्न भारतबाट राज्यमन्त्री रक्षा खडसे नेपाल

काठमाडौं । भारतकी युवा मामिला तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से काठमाडौं आइपुगेकी छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका-४ ऐनापहरामा शुक्रबार भएको यात्रुवाहक बस दुर्घटनाका घाइते भएका आफ्ना नागरिकको स्वस्थ्यवस्थाबारे बुझ्न उनी आज बिहान काठमाडौं आइपुगेकी हुन् ।

उनले महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर घाइेतको स्वास्थ्यवस्थाबारे जानकारी लिइरहेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ ।

पोखराबाट काठमाडौंतर्फ आइरहको युपी ५३ एफटी ७६२३ नम्बरको यात्रुवाहक बस सडकबाट करिब ३०० मिटर तल मर्स्याङ्दी नदीमा खस्दा घाइते भएका १६ जनाको शिक्षण अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा २७ जनाको मुत्यु भएको थियो ।

घाइतेहरुलाई नेपाली सेनाको हेलिकप्टरबाट शुक्रबार नै काठमाडौँ ल्याइएको थियो । प्रहरीका अनुसार सो बसमा ४३ यात्रा गरिरहेका थिए । यसैबीच, चितवनको भरतपुर अस्पतालमा दुर्घटनामा ज्यान गुमाएकाहरुको शव परीक्षण भइरहेको छ । शव परीक्षणपछि भारत पठाइने चिवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय