तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज आइपुग्यो

काठमाडौँ । तनहुँ बस दुर्घटनामा मृत्यु भएकाको शव लिन भारतीय सेनाको जहाज चितवन आएको छ।

मृतक २७ जनाकै शव भारत लैजान सेनाको जहाज चितवनको भरतपुर विमानस्थलमा अवतरण भएको हो। अब केहीबेरमा शव पठाइने भएको छ।

पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रवार बस दुर्घटनामा मृत्यु भएकाको भरतपुर अस्पतालमा शव परीक्षण गरिएको छ। अस्पतालबाट अहिले शव भरतपुर विमानस्थलबाट लैजानेक्रममा रहेको छ।

पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस र्मस्याङ्दी नदीमा खस्दा २७ जनाको मृत्यु भएको थियो। १६ जना घाइतेको काठमाडौँमा उपचार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय