सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधनपछि माओवादीलाई ढुक्क छ: प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐन संशोधन भएपछि माओवादीलाई ढुक्क भएको बताएका छन् ।

आज शनिबार पार्टीको नुवाकोट–काठमाडौं सम्पर्क समन्वय समितले गरेको कार्यक्रममा उनले माअ‍ोवादीको टाउकोमाथि झुुण्डिएको तरबार हटेको टिप्पणी गरे ।

माओवादी सशस्त्र युद्ध सकिएको १८ वर्ष भइसक्दा पनि शान्ति प्रक्रियाको कामहरु पूरा भएको छैन । हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट बेपत्ता पारिएका व्यक्तिको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी ऐनको संशोधन विधेयक पारित भएको छ ।

यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीहरु छानबिन अगाडि बढ्नेछ ।

प्रचण्डले अब माओवादी कसैले फुटाउन नसक्ने अरु फुटेर गएका माओवादीका टुक्राहरु पनि एक हुने बताए । ‘कसैले पार्टी फुटाउन सक्दैन, बरु फुटेर गकाहरु पनि आउँछन्’, उनले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय