अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव

काठमाडौं । अष्ट्रेलियाको राजदूतमा चित्रलेखा यादव सिफारिस हुनुभएको छ ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद बैठकले कांग्रेस नेता यादवलाई अष्ट्रेलियाको राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो । कांग्रेसको पूर्वकोषाध्यक्ष तथा पूर्वउपसभामुख पनि रहनुभएकी उहाँल शिक्षा मन्त्री समेत बन्नुभएको थियो ।

सरकारले यसअघि अष्ट्रेलियाको राजदूतमा कान्ता रिजालको नाम सिफारिस गरेको थियो तर रिजाल इजरायलको राजदूतबाट फिर्ता हुँदा सहयोगीलाई स्वदेश नर्फकाएको उजुरी परराष्ट्र मन्त्रालयमा परेपछि उनको सट्टा चित्रलेखालाई सिफारिस गरिएको एक मन्त्रीले जानकारी दिए ।

संसदीय सुनुवाइको प्रक्रिया पूरा भएपछि राष्ट्रपतिबाट राजदूत नियुक्ति हुने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय