गायक प्रकाश सापकोटाको ‘पिपल छहारी’ बजारमा (भिडियोसहित)

काठमाडौं । गुल्मीको मुसिकोट नगरपालिका सहित वामीको विषयमा केन्द्रित रहेर लोक तथा दोहोरी गायक प्रकाश सापकोटाको ‘पिपल छहारी’ बोलको गीत बजारमा आएको छ । गीतमा सापकोटासंगै गायिका सुनिता बुढाक्षेत्रीको स्वर रहेको छ ।

हेमनाथ खरालको शब्द अनि लय रहेको गीतको एरेन्ज रामचन्द्र चन्दले गरेका छन् । यस्तै दुई प्रेम गर्ने प्रेमीबीचको प्रेममा तगारोपछिको भावलाई मूख्य कथा बनाइएको भिडियोमा गायक स्वयम् सापकोटा यशु भट्टराईको अभिनय रहेको छ । गुल्मीको वामी मैदान, देउराली, शालिमे लगायतका क्षेत्रहरुको विषयमा गीत केन्द्रित छ ।

गीतलाई गायक तथा संगीतकार रामचन्द्र चन्दको अफिसियल युट्युवमार्फत सार्वजनिक गरिएको छ । गायक सापकोटा यतिवेला अष्ट्रेलियामा रहेका छन् भने लेखक खराल साउथ कोरियामा बसोबास गरिरहेका छन् । यसपटक नेपाल गएको अवसरमा गायक सापकोटाले ‘पिपल छहारी’सहित केही गीतहरु रेकर्ड गरेर आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय