दशैंको टिकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक, मेलबर्नमा ११ः२७ उत्तम

काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले दशैंको टिकाको अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको छ । समितिले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि दशैंको टीकाको साइत सार्वजनिक गरेको हो ।

समितिका अनुसार भारतमा अक्टोबर १२ (समयः ११ः४२), अमेरिकाको न्युयोर्कमा अक्टोबर १२ (समयः १०ः०१), अस्ट्रेलियाको सिड्नीमा अक्टोबर १३ (समयः ११ः२१), मेलबर्न (समयः ११ः२७), बेलायतको लण्डनमा अक्टोबर १२ (समयः १०ः२१), कतारमा अक्टोबर १२ (समयः ११ः०५) बजेका लागि उत्तम साइत रहेको छ ।

यसअघि गत असोज ४ गते नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले नेपालमा दशैंको टिकाको उत्तम साइत सार्वजनिक गरिसकेको छ । समितिका अनुसार नेपालमा दशैंको टिकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ ।

हेर्नुहोस् अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिद्धारा जारी प्रेस विज्ञप्ति

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय