गुल्मीमा करेन्ट लागेर २७ बर्षीया माया रोका मगरको मृत्यु

काठमाडौं । गुल्मीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । घर पोत्ने क्रममा मालिका गाउँपालिका २ दर्लिङ्की २७ बर्षीया माया रोकामगरको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरिक्षक शंकर पोख्रेलले जानकारी दिएका छन् ।

घर पोत्ने क्रममा घाईते भएकी रोका मगरको उपचारको क्रममा गुल्मी अस्पताल तम्घासमा ज्यान गएको हो । घ

र पोत्ने क्रममा अचानक मुसाले काटेको विद्युतको तारबाट करेन्ट प्रवाह भई घाईते भएकी मगरलाई उपचारको लागि गुल्मी अस्पताल तम्घास ल्याइएको थियो । उनको गए राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय