बाढीपहिरोमा परेर अहिलेसम्म मृत्यु हुनेको संख्या २२८ पुग्यो, २५ जना अझैं बेपत्ता

काठमाडौं । बाढीपहिरोमा परेर देशभर अहिलेसम्म मृत्यु हुनेको संख्या दुई सय २८ पुगेको छ ।

२५ जना अझै हराइरहेका छन् उनिहरुको खोजीकार्य जारी रहेको गृह मन्त्रालयले जनाएकोछ । बेपत्ताहरु अहिलेसम्म पनि नभेटिएकाले मृतकको संख्या बढ्ने जनाइएको छ । यसअघि सरकारले पनि बेपत्ता रही १० दिनसम्म फेला नपरेकालाई मृतकको सूचीमा राख्ने निर्णय गरिसकेको छ ।

यस्तै बाढी पहिरोमा परेर एक सय ५८ जना घाइते भएका छन् विभिन्न अस्पतालमा उनिहरुको निशुल्क उपचार भइरहेको छ ।

गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १३ हजार ७१ जनाको उद्धार गरिएको छ भने खोज, उद्धार र सहायता परिचालन गरिएको छ प्रभावितलाई खाद्यान्नलगायत राहत सामग्री प्रदान गरिएको छ ।

सरकारले उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको र यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग सञ्चालनको अथक प्रयास भइरहेको प्रवक्ता तिवारीले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर