‘एका’को अध्यक्षमा पौडेल निर्वाचित, यस्तो बन्यो नयाँ कार्यसमिति

मेलवर्न । अष्ट्रेलियन एजुकेशन कन्सलटेन्ट एलाएन्स (एका)को अध्यक्षमा रामचन्द्र पौडेल निर्वाचित भएका छन् । शनिवार सिड्नीमा सम्पन्न भएको छैठौं अधिवेशनले पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

जसको उपाध्यक्षहरुमा क्रमशः कोमल राज पाठक, योगेन्द्र पौडेल, सूर्यभक्त खनाल चयन भएका छन् । सचिवमा दिनेश खनाल, सहसचिबमा भूवन हरी पाण्डेय, कोषाध्यक्षमा सत्य प्रकाश कंडेल तथा सदस्यहरुमा सुमन अधिकारी, दिपक केसी र भूमिश्वर सुवेदी चयन भएका छन् ।

जनसम्पर्क अधिकारीमा राम चालिसे तथा कानून व्यावसायी श्रृष्टि शाहले प्रवक्ताको जिम्मेवारी पाएकी छन् । ५ बर्षदेखि एकामा आवद्ध रहेका पौडेलले यसअघि उपाध्यक्षको रुपमा एक कार्यकाल सेवा गरिसकेका छन् । ग्रेस इन्टरनेशनलका संस्थापक तथा निर्देशक रहेका पौडेल अष्ट्रेलियामा लामो समयदेखि शैक्षिक व्यावसायमा आवद्ध छन् ।

२०१२ मा स्थापना भएको यस संस्थाले अष्ट्रेलियामा अध्ययन गर्न आउने नेपाली विद्यार्थीहरुको हकहीत मात्र नभएर यहाँ काम गरिरहेका नेपाली एजुकेशन कन्सलटेन्टहरुवीच एकतावद्ध गर्ने काम गर्दै आएको छ । अध्यक्षमा निर्वाचित भएसँगै पौडेलले संस्थाले तोकेका उद्धेश्यहरु पूरा गर्ने मात्र नभएर अष्ट्रेलियाको गृह मामिला विभागसँग सहकार्य गर्ने, पछिल्लो समय नेपाली विद्यार्थीहरुको भिजामा भइरहेको भिजाको कडाईको विषयमा पनि सकारात्मक पहलकदमी लिने बताए । उनले नेपाली विद्यार्थी तथा शैक्षिक परामर्शदाताहरुलाई तालिमको व्यवस्था गर्ने, नेपालमा शैक्षिक मेला प्रदर्शनी मात्र नभएर अब माइग्रेसन मेला कार्यक्रम समेत गर्ने लक्ष्य रहेको बताए ।

नेपालमा माइग्रेस फेयर राख्न सकेमा नेपालीहरु विद्यार्थी भिजामा मात्र नभएर माइग्रेट हुने अर्थात पिआर तथा अन्य दक्षताको आधारमा दिइने भिजाहरुमा आउन सक्ने उनको विश्वास छ ।

अधिवेशनमा निवर्तमान भूपाल सिटौलाले आफ्नो कार्यकाल सफल बनाउन साथ दिने सबैलाई धन्यवाद दिएका थिए । उक्त कार्यक्रममा सिड्नीको लागि नेपाली महावाणिज्य दूत दिपक खड्काको प्रमुख आतिथ्यता रहेको थियो भने हन्टर फ्लड लयरको तर्फबट किम हन्टर, क्वान्टम ल ग्रुपबाट जिली यू र ज्यूस्टाइन, अन्तराष्ट्रिय विद्यार्थी शैक्षिक एजेन्टको तर्फबाट पनि प्रतिनिधिहरु सहभागि भएका थिए ।

कार्यक्रममा सांसद वेन्डी एलिजावेथ, मोर्टडेल वार्ड काउन्सिलर निक स्मेर्डली, लिवरल पार्टीका सदस्य प्रेमराज श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रममा निवर्तमान कोषाध्यक्ष योगेन्द्र पौडेलले आर्थिक प्रतिवेदन पेश गरेका थिए भने निर्वातमान अध्यक्ष भूपाल सिटौलाले संस्थाको आफ्नो कार्यकालमा भएको गतिविधिहरु प्रस्तुत गरे । त्यस्तै विवेक थापाले संस्थाको विधान संशोधनको प्रस्ताव पेश गरेका थिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय