काठमाडौं । कतारमा हुने विश्वकप फुटबल खेलको सुरक्षाको जिम्मा टर्कीले लिने भएको छ ।
सुरक्षाका लागि कतारले सहयोग मागेपछि सेना पठाउने निर्णय भएको हो । टर्कीको संसदले सेना पठाउने सम्बन्धी प्रस्ताव टर्कीको संसदमा गत शनिबार पेश गरेकोमा उक्त प्रस्ताव पारित भएको हो ।
टर्कीले कतारमा ६ महिनासम्मका लागि सेना पठाउने तयारी गरेको छ । यद्दपी टर्कीले कतारमा पठाउने सेनाको संख्याको विषयमा केही बताएको छैन् । विश्वकप फुटबल नोभेम्बर २० देखि डिसेम्बर १८ सम्मा कतारमा हुन लागेको छ ।
विश्वकपमा ३१ टिमले सहभागिता जनाउने भएका छन् ।