काठमाडौंको चन्द्रागिरिमा पहिरोका कारण तीन जनाको मृत्यु

काठमाडौं । चन्द्रागिरिमा गएराति गएको पहिरोका कारण एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्र पहिरोले पुरिँदा त्यहाँ बस्दै आएका तीन जनाको मृत्यु भएको वडा नम्बर २ का अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिनुभयो ।

उहाँका अनुसार ज्यान गुमाउनेमा काभ्रेको धुलिखेल नगरपालिका १२ स्थायी घर भइ अहिले ध्यान केन्द्रमा बस्दै आएका ५२ वर्षका राजु श्रेष्ठ, उहाँकी श्रीमती ४५ वर्षकी गीता श्रेष्ठ र १८ महिनाकी छोरी सारथीको मृत्यु भएको छ ।

पहिरोमा पुरिएका उनीहरुको शव निकालिएको वडा अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय