आज पनि मान्यजनबाट दशैँको टीका र जमरा लगाइने

काठमाण्डौ । दसैँँ टीकाको चौथो दिन आज पनि मान्यजनको हातबाट टीकाजमरा लगाउने क्रम जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजाअर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ ।

९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । तर यसवर्ष लगातारको वर्षाका कारण टीका लगाउन जानेहरूको चहलपहल भने कम देखिएको छ । बडादसैँ आफैँमा शुभ भएकाले कोजाग्रत पूर्णिमासम्म जतिबेला पनि टीका लगाउँदा हुने जानकारहरुले बताएका छन् ।

सुरुमा आफ्ना घरका जेष्ठ सदस्यबाट टीका लगाउन सुरु गर्दै आफ्ना आफन्तहरु र मान्यजनका घरमा गइरहेका छन् ।

घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण आफन्तकहाँ जाने गर्छन् । यो क्रम पूर्णिमासम्म रहन्छ । सत्ययुगमा देवीले महिषासुर र त्रेता युगमा रामले रावणमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा विजयादशमी मनाउन सुरु गरिएको धार्मिक विश्वास छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय