वर्षा, बाढी र पहिरोमा परी देशभर हालसम्म ७ जनाको मृत्यु, ७ जना वेपत्ता

काठमाडौं । गत मङ्गलवारदेखि परिरहेको लगातारका वर्षाका कारण हालसम्म ६ जनाको मृत्यु भएको छ । ७ जना बेपत्ता रहेका छन् । काठमाडौँको चन्द्रागिरी नगरपालिका २ मा रहेको ध्यानकेन्द्रमा पहिरो जाँदा हिजो एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर ४ मा बेपत्ता भएका ६ जनामध्ये  २ जनाको शव फेला परेको छ ।

नुवाकोटमा बाढीले बगाउँदा २ जनाको मृत्यु भएको छ । प्यूठानमा बेपत्ता भएका अन्य ५ जनाको खोजी बिहानैदेखि सुरु गरिएको माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारीले जानकारी दिनुभयो ।

मकवानपुरको राक्सिराङ गाउँपालिकामा १ जना वेपत्ता भएको गृह मन्त्रालय मातहतको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार गत २४ घण्टामा २९ वटा विपद्का घटना भएका छन् ।

जसमा १४ स्थानमा पहिरो झरेको छ भने ६ स्थानमा भारी वर्षा भएको छ । वर्षाका कारण देशभर ४० करोढभन्दा बढीको क्षति भएको छ । वर्षासँगै बबई नदीमा आएको बाढीले बर्दियामा एक हजारभन्दा बढी घर डुबानमा परेका छन् । राप्ती नदीमा आएको बाढी गाउँमा पसेपछि बाँकेका विभिन्न क्षेत्र डुबानमा परेका छन् भने कैलालीमा बाढीले सैयौँ घर डुबानमा छन् ।

राप्ती नदीमा पानीको सतह बढेर दाङ्गको लमही नगरपालिका, वडा नं ८ सतवरिया स्थित धनपुर्वा, दुगुर्वा र बग्रहवा साथै राप्ती गाउँपालिका वडा नम्बर ५ स्थित सिसहनिया र वडा नं ४ को अर्नहवा गाउँ डुबानमा परेका छन् ।

करिब सय घर डुबानमा परेकामध्ये उच्च जोखिममा रहेका ३५ घरपरिवारलाई सुुरक्षित स्थानमा सारिएको नेपाली सेनाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय