शनिबार आफ्नो फेसबुक पेज मार्फत नेता भुसालले यस्तो घोषणा गर्नुभएको हो । नेता भुसालले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामथ्र्य समर्पित गरेको पार्टीमा नीति र विधिको पुनःस्थापना हुने कुनै सम्भावना नदेखेपछि पार्टी छाड्ने निर्णय गरेको घोषणा गर्नुभएको हो ।
उहाँले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगै रहेर आन्दोलन र आफैंप्रति पनि इमान्दार रहन नसकिने भएपछि एमालेमा नरहने निष्कर्षमा पुगेको बताउनुभएको छ । एमाले अध्यक्ष ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भको आक्रमण बढ्दै गएको आरोप लगाउँदै भुसालले पार्टी परित्याग गरेको उल्लेख गर्नुभएको छ ।
उहाँले आफ्नो फेसबुक पेजमा यस्तो लेख्नुभएको छ