एमाले नेता बालकृष्ण ढुंगेलको मृत्यु

काठमाडौं । नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ ।

काँडाघारीस्थित उहाँ बस्दै आउनुभएको घरको शौचालयमा चिप्लिएर उहाँको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

ओखलढुंगाका ढुंगेल २०६४ सालमा तत्कालीन नेकपा माओवादीबाट सभासद् हुनुभएको थियो । एमाले पोलिटब्युरो सदस्य ढुंगेल नेकपा विभाजन भएपछि एमालेमै रहनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय