काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्व सञ्चारमन्त्री मिनेन्द्र रिजाल प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट वञ्चित भएका छन् ।
यसअघि उनी उठेको क्षेत्रमा अहिले कांग्रेसले नेतृ सुजाता कोइरालालाई टिकट दिएको छ ।
मोरङको निर्वाचन क्षेत्र नं। २ बाट उम्मेदवारी दिएर जितेका नेता रिजाललाई यसपल्ट भने पार्टीले टिकट नदिएको पार्टी सचिवालयले जनाएको छ ।
मोरङका जम्मा ६ निर्वाचन क्षेत्रमध्ये १‚ २‚ ३ र ६ गरी ४ वटा क्षेत्र कांग्रेसले पाएको थियो ।
त्यसमध्ये १ मा डिकबहादुर लिम्बू‚ २ मा सुजाता‚ ३ मा सुनील शर्मा र ६ मा शेखर कोइरालाले टिकट पाएका छन् । विराटनगर कोइराला समूहको प्रभाव क्षेत्र हो । टिकट पाउने चारै जना कोइराला समूहका नेता हुन् ।