प्रचण्डले गराए गोरखा–२ बाट उम्मेदवारी मनोनयन दर्ता

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखा–२ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी मनोनयन दर्ता गराउनुभएको छ ।

आइतबार नेपाल समाजवादी पार्टीका अध्यक्ष डा।बाबुराम भट्टराई र नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठसँगै निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो।

उम्मेदवारी दर्ता गराउन प्रचण्ड भट्टराई र श्रेष्ठसँगै गोरखा पुग्नुभएको थियो । प्रचण्डको उम्मेदवारी मनोनयनमा प्रस्तावक डा।भट्टराई र समर्थकमा श्रेष्ठ रहनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय