काठमाडौं । गुल्मी क्षेत्र नम्बर–२ मा नेकपा एमालेबाट गोकर्ण विष्ट र नेकपा एकीकृत समाजवादी पार्टीबाट रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएको छ । आज आइतवार दिउँसो निर्वाचन अधिकृतको कार्यालयमा पुगेर विष्ट र झाँक्रीले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
२०५६ को चुनावदेखि गुल्मी-२ बाट एमालेको उम्मेदवार बन्दै आउनुभएका विष्टले २०६४ को संविधान सभा चुनावबाहेक तीन वटै चुनाव जित्नुभएको थियो । झाँक्री भने पहिलो पटक चुनावी मैदानमा हुनुहुन्छ ।