प्रतिनिधिसभा निर्वाचनका लागि २ हजार ४५२ जनाको उम्मेदवारी दर्ता
काठमाडौं । प्रतिनिधिसभा सदस्यका लागि आइतबार(आज) साँझसम्म २,४५२ उम्मेदवारी परेको छ । साँझ साढे ८ बजेसम्म निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार २,२२३ र २२९ महिला गरी साढे २,४५२ जनाको उम्मेदवारी परेको हो ।
आयोगकाअनुसार प्रदेशसभातर्फ ३,०३९ पुरुष, २८६ महिला र १ अन्य गरी ३,३२६ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।
आयोगले बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।
दर्ता भएका उम्मेदवारहरूको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ । असोज २४ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय