हुम्लामा पहिरोले पुरिँदा एकै परिवारका चार जनाको मृत्यु

काठमाडौं । हुम्लाको चङ्खेली गाउँपालिका–६ मा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

५७ वर्षकी तुलसा कामी, ९ वर्षकी सुश्मिता कामी, ७ वर्षकी हुइजाली कामी र ५ वर्षका वसन्त कामीको ज्यान गएको गाउँपालिकाका उपाध्यक्ष प्रेमकला शाहीले जानकारी दिनुभयो ।

घरमा रहेका तीन जना घाइते भएका र उनीहरुको गाउँकै स्वास्थ्य चौकीमा उपचार भइरहेको उहाँले बताउनुभयो । लगातार परेको पानीले पहिरो खस्दा घर पुरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय