नाइजेरियामा डुंगा दुर्घटनामा ७६ जनाको मृत्यु, ४ बेपत्ता

काठमाडौं । अफ्रिकी मुलुक नाइजेरियामा डुंगा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ ।

नाइजेरियाको दक्षिणपूर्वी राज्य अनाम्ब्रामामा भएको दुर्घटनामा परी ४ जना वेपत्ता भएका हुन् । ८० जना सवार उक्त डुंगा इन्जिन फेल भई पुलमा ठोकिएर दुर्घटना भएको हो । मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।

नाइजेरियाका राष्ट्रपति मुहम्मदु बुहारीले घटनाप्रति दुस्ख व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ। उहाँले देशको जल यातायात प्रणालीलाई सुरक्षित राख्न सम्बन्धित निकायलाइ निर्देशन समेत दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय