काठमाडौं । सेल्टा भिगोलाई पराजित गर्दै बार्सिलोना स्पेनिस लिग फुटबलको शीर्ष स्थानमा फर्किएको छ ।
आइतबार राति सेल्टा भिगोविरूद्ध आफ्नै मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन पेड्रीले निर्णायक गोल गरेका हुन् । स्पेनिस लिगकै अन्य खेलहरूमा रियाल सोसिडाडले भियारियाललाई १–० ले पराजित गर्दा काडिज र इस्पानियोलले २–२ गोलको बराबरी खेलेका थिए ।
आइतबार रातिका खेलहरूपछि ला–लिगाको अंक तालिकामा ८ खेलबाट समान २२र२२ अंक जोडेका बार्सिलोना र रियाल मड्रिड क्रमशः पहिलो र दोस्रो स्थानमा रहेका छन् । बार्साले गोल अन्तरको आधारमा रियाल मड्रिडलाई उछिनेको हो ।