काठमाडौं । देशभर थप २७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १ हजार ५४६ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट २५ तथा एन्टिजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २६ जना कोरोना संक्रमणमुक्त पनि बनेका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ५६९ पुगेको छ । नेपालमा हालसम्म कोरोना महामारीमा १२ हजार १८ जनाले ज्यान गुमाइसकेका छन् ।