मुगुमा पहिरोमा पुरिएका ८ जनाको शव फेला (नामसहित)

मुगु । मुगुमा पहिरोमा पुरिएका आठ जनाको शव फेला परेको छ । छायाँनाथ रारा नगरपालिका–११ सालिम गाउँमा आईतबार बेलुका पहिरो जाँदा नौ जना बेपत्ता भएका थिए ।

आज उनिहरूमध्ये आठ जनाको शव भेटिएको जिल्लाका प्रहरी प्रमुख, प्रहरी नायब उपरिक्षक सुवास हमालले जानकारी दिनुभयो ।

हमालका अनुसार सालिम गाउँका ६१ वर्षका हाजिरा भग्री, ३० वर्षका होइजाली भग्री, १६ वर्षका सुस्मिता भग्री, ४२ वर्षका वीरबहादुर ऐडीको शब फेला परेको छ ।

त्यस्तै पहिरोमा पुरिएर २४ वर्षका सत्ता सावत, ३२ वर्षका कृष्ण सावत, १६ वर्षका चक्रवीर बोहोरा र १३ वर्षका गौकला बोहराको मृत्यु भएको हमालले जानकारी दिनुभयो । बेपत्ता एक जनाको खोजी भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय