सङ्कटमा परम्परागत पानी घट्ट, जाँतो र ओखल

सुदुरपश्चिम । दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा दैनिक मजदूरी र पानी घट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ ।

अछामको रामारोशन गाउँपालिका–१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानी घट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ ।

“खेतीबारी केही नहुँदा दिनभर मजदूरी वा त्यही पानी घट्ट चलाएर नै परिवार पाल्ने आधार बन्दै आएको छ, ” उनी भन्छन्, “त्यही घट्टले मेरो बुबाले गुजारा चलाए, मेरो पनि आधा उमेर त्यही घट्टका ढुङ्गा पल्टाएर बित्यो ।” अहिले बालाराम ७० वर्ष पुगे पनि उहाँको जोश र जागर अहिले पनि तन्नेरीकै जस्तो छ । अझै पनि कैलाश खोलाका ढुङ्गा पल्टाउने गरेका उनी घट्टमा गेडागुडी पिसाउन आएकासँग केही पिठो लिनुहुन्छ । त्यसको कुनै नापजाँच भने हुँदैन । जस्ले जति दियो त्यतिमै चित्त बुझाउनुपरेको बालाराम बताउछन् ।

“यति चाहिन्छ भनेर माग्ने चलन छैन । जति दियो त्यतिमै चित्त बुझाउनुपर्छ ।” उनी भन्छन्, “दिनमा दुईदेखि पाँच केजीसम्म पिठो भइहाल्छ ।” गाउँमा त्यो बेला एक दर्जनभन्दा बढी पानी घट्ट रहेकामा अहिले बालारामको मात्रै छ । विसं २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले दर्जनौंँ पानी घट्ट बगाएपछि घट्ट सञ्चालकले त्यसपछि त्यो पेसालाई निरन्तरता दिन छोडेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय