प्रधानमन्त्रीको उम्मेदवारी विरुद्धको उजुरी खारेज

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी विरुद्धको उजुरी खारेज भएको छ ।

देउवाको उम्मेदवारी विरुद्ध परेको उजुरी कानुन सम्मत नदेखिएको भन्दै उम्मेदवारी कायम राख्ने निर्णय गरिएको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिनुभयो ।

उम्मेदवार विरुद्ध परेको उजुरी र त्यसको जवाफ तथा उम्मेदवारका सम्पूर्ण कागजात माथि छानविन गरेको बताउदै मुख्य निर्वाचन अधिकृत वाग्लेले सबै कागजात कानुन सम्मत देखिएपछि उम्मेदवारी कायम रहने निर्णय भएको बताउनुभयो ।

एउटामात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको डडेलधुराबाट उम्मेदवारी दिएका देउवाको उम्मेदवारी रद्द गर्नुपर्ने माग गर्दै उहाँका प्रतिस्पर्धी कर्ण मल्लले सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिनुभएको थियो ।

उजुरीमा नागरिकतामा देउवाको जन्ममिति वि.स.२००३ साल जेठ ३१ गते र मतदाता नामावलीमा जन्ममिति २००२ साल जेठ ३१ गते रहेको उल्लेख गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय