काठमाडौं । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सामान्य सुधार भएको छ ।
उपचाररत किष्ट अस्पतालले आज जारी गरेको विज्ञप्तिमा छातीको निमोनिया सङ्क्रमण नियन्त्रणका लागि दिइएको एन्टिबायोटिक्सको कोर्स भने जारी रहेको उल्लेख छ ।
अस्पतालले मुटुको चाल सम्बन्धी समस्यामा पनि केही सुधार देखिएको भन्दै अस्पतालले उपचार भने आईसीयूमै जारी रहेको जनाएको छ ।