थप ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । २ हजार २ सय २२ नमुनाको पिसीआर र एन्टीजेन परीक्षण गर्दा ४४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार २४ घण्टामा कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन । भने २९ जना सङ्क्रमण मुक्त भएका छन् ।

हाल नेपालमा ५ सय ७५ जना कोरोनाका सक्रिय सङ्क्रमित छन् । खोप अभियान सुरु भएदेखि हालसम्म ५ करोड ३५ लाख ६ हजार २ सय ७ मात्रा खोप लगाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय