सिद्धार्थ मल्होत्रा ​​र कियारा आडवाणी विवाह छिट्टै विवाह गर्दै

एजेन्सी । भारतीय चर्चित जोडी तथा बलिउड अभिनेता सिद्धार्थ मल्होत्रा ​​र अभिनेत्री कियारा आडवाणी छिट्टै विवाह बन्धनमा बाँधिने भएका छन् ।

भारतीय सञ्चार माध्यमका अनुसार उनीहरूले आगामी अप्रिल २०२३ मा दिल्लीमा विवाह गर्ने योजना बनाएका छन् । पहिला दुवैले विवाह दर्ता गराउने र त्यसपछि रिसेप्सन पार्टीको आयोजना गर्ने तयारी भएकोह हो ।

लामो समयदेखि उनीहरूले आफ्नो प्रेम सम्बन्धको बारेमा खुलसा गरेका थिएनन् । तर, टीभी शो कफी विथ करणको सातौं सिजनमा यी दुईबीचको सम्बन्ध मित्रताभन्दा माथि छ भन्ने कुराको खुलासा उनीहरूले नै गरेका छन् । यहीबीचमा सन् २०२३ को अप्रिल महिनामा यी दुईबीच विवाह हुने खबर बाहिरिएको हो ।

सिद्धार्थ ​​र कियाराको पारिवारिक स्रोतका अनुसार उनीहरूले अप्रिलमा विवाह गर्ने छन् साथै उनीहरूको विवाहमा परिवार र नजिकका साथीहरू मात्र संलग्न हुनेछन्। यसका साथै यस विवाहमा बलिउडबाट कसैलाई पनि निम्तो दिइने छैन किनभने सुरूमा उनीहरूले कोट म्यारिज ९कानूनी विवाह० गर्नेछन् ।

सिद्धार्थ ​​र कियाराको विवाहको सम्पूर्ण समारोहहरू दिल्लीमा हुने समाचारमा उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय