काठमाडौं । नेपालमा आज थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको ७४३ पीसीआर परीक्षणमा ४५ जना र ९८० एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोरोनाका कारण बुधबार पनि कसैको मृत्यु भएको छैन भने थप २२ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ५९८ सक्रिय संक्रमित आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।