उम्मेद्वारहरूलाइ निर्वाचन चिन्ह वितरण

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका उम्मेद्वारहरूलाइ निर्वाचन आयोगले निर्वाचन चिन्ह वितरण गरेको छ ।

राजनितिक दलहरूको आ – आफ्नै निर्वाचन चिन्ह भएको भएपनि स्वतन्त्र उम्मेद्वारी दिएकाहरूको लागि आयोगले चिन्ह वितरण गरेको हो । नेकपा एमालेबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिनुभएका घनश्याम भुसालले चुनाव चिह्न त्रिभुज पाउनुभएको छ ।

रौतहट ३ बाट प्रतिनिधिसभा सदस्य पदमा स्वतन्त्र उम्मेदवारी दिनुभएका प्रभु साहको चुनाव चिह्न ह्याण्ड पाइप हातेकल कायम भएको छ । साहले नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।

नेकपा एमालेले टिकट नदिएपछि विद्रोह गरी दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिनुभएका गंगा चौधरीले चुनाव चिन्ह लौरो पाउनुभएको छ ।

एमालेका शान्ता चौधरी, र एकीकृत समाजवादीका उम्मेदवार मेटमणी चौधरीको प्रतिस्पर्धी बन्नुभएका चौधरीले स्वतन्त्र लौरो अभियानको तर्फबाट उम्मेदवारी दिएर लौरो चिन्ह पाउनुभएको हो ।

तनहुँ –१ को प्रतिनिधिसभाका सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका काँग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीले कैंची चुनाव चिन्ह पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय