घट्यो आज सुन र चाँदीको मूल्य

काठमाडौं । आज शुक्रबार नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। सुन प्रतितोला एक सय रुपैयाँ र चाँदी प्रतितोला पाँच रुपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ९४ हजार एक सय र तेजाबी सुन प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबार सुन तोला ९४ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय