काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य एवं मधेश प्रदेशका सह–इन्चार्ज प्रभु साहलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको हितविपरीत कार्य गरेको भन्दै एमालेले साहलाई पार्टीबाट निष्कासन गरेको हो ।
त्यसैगरी रौतहट जिल्ला इन्चार्ज उपेन्द्र साह र सह–इन्चार्ज कुन्दनप्रसाद कुशवाहलाई पनि पार्टीबाट निष्कासन गरिएको छ । पार्टी विरोधी गतिविधिमा संलग्न भएकाले पार्टीको साधारण सदस्यतासमेत नरहने गरी निष्कासन गरिएको एमाले महासचिव शंकर पोखरेलले गरेको परिपत्रमा उल्लेख छ ।
प्रभु साहले पार्टीको तर्फबाट प्रतिनिधि सभातर्फ टिकट लिएर स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो। उहाँले पार्टीले जसपासँग अनैतिक रुपमा तालमेलको निर्णय गरेको भन्दै पार्टीलाई उम्मेदवारविहीन बनाउँदै स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो ।