नेपालमा शुक्रबार थप ४२ जनामा कोरोना संक्रमण

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी एक हजार ६९ जनाको नमुना परीक्षण गर्दा ४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा २६ जना कोरोना संक्रमित निको भएका छन् । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ सय ३८ जना पुगेको छ । यस्तै थप दुई लाख ६ हजार ६ सय चार जनाले कोरोनाविरुद्धको खोप लगाएका विवरण प्राप्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यसैबीच गएको साउनपछि नेपालमा डेङ्गी संक्रमणका कारण ४७ जनाको ज्यान गएको छ । देशभरमा ३८ हजार नौ सय १८ जनामा डेंगी पुष्टि भएकोमा ४७ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय