एमालेको रौतहट जिल्ला कमिटी विघटन

काठमाडौं । नेकपा एमालेले रौतहट जिल्ला कमिटी विघटन गरेको छ ।

एमालेको मधेश प्रदेश कमिटीका अध्यक्ष रामऔतार यादवले आज एक विज्ञप्ति जारी गरी जिल्ला कमिटी अध्यक्ष त्रिभुवन साह लगायतका केही व्यक्तिहरू पार्टी विरोधी गतिविधिमा लागेकाले जिल्ला कमिटी विघटन गरेको बताउनुभएको छ ।

एमालेले पार्टी छाडेर स्वतन्त्र उम्मेदवारी दिएका स्थायी समिति सदस्य प्रभु साहमाथि पनि कारवाही गरेको छ । पार्टी महासचिव शंकर पोखरेलले आज विज्ञप्ति जारी गर्दै साहलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारवाही गरिएको बताउनुभएको छ ।

त्यस्तै प्रभु साहसँगै जिल्ला इज्चार्ज उपेन्द्र साह र सहइन्चार्ज कुन्दनप्रसाद कुशवानलाई पनि साधारण सदस्यसमेत नरहने गरी कारवाही गरिएको उल्लेख छ । सह इन्चार्ज उद्धव रेग्मीलाई इन्चार्जको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय