काठमाडौं । देशभर थप ५२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १ हजार ७६३ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट ४५ तथा एन्टिजेन विधिबाट ७ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर ६६७ पुगेको छ ।
यस्तै ३० हजार ८७६ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बताएको छ ।