काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ ।
आज आइतबार बिहान ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा जोशीको १०३ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
जोशी विगत लामो समयदेखि प्रोटेस्ट तथा मुटुको समस्याबाट पीडित हुनुहुन्थ्यो भने उहाँलाई पछिल्लो समय डेंगुको पनि संक्रमण रहेको थियो ।
डेङ्गु संक्रमणपछि उहाँलाई यहि असोज २३ गते छातीमा निमोनियाको संक्रमण साथै मुटुको चाल सम्बन्धी समस्या देखिएको थियो । यस्तै अक्सिजन कमी भएर वनलाई सघन उपचार कक्षमा सिफ्ट गरि उपचार सेवा दिइँदै आएको थियो ।
उहाँलाई पहिलेदेखि पुरानो रोगले ग्रसित पारेको कारणले जतिसुकै औषधि चलाएता पनि शरीरले राम्रो रेस्पोन्स नगरेको अस्पतालले जनाएको छ । उहाँको उपचारमा प्रा। डा मिलेश जंग सिजापतिको संयुक्त टोली खटिँदै आएको थियो ।
जोशीको शरीर नजलाइने भएको छ। मृत्युपछि आफ्नो शरीर दान गर्ने घोषणा गरेका जोशीको शरीर अन्त्येष्टि नगरी राखिने निर्णय भएको हो।
उनको शरीर के गर्ने भन्नेबारे निर्णय लिनका लागि पारिवारिक सदस्यसहितको छलफल भएको थियो। आइतबार बिहान ललितपुरको किस्ट अस्पतालमा जोशीको निधन भएको हो।
शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि ललितपुर महानगरपालिका परिसरमा राखिने भएको छ। जोशीको शव अस्पताललाई अध्ययनका लागि हस्तान्तरण गरिने निर्णय भएको हो।
नसाबाट केमिकल राखेर शरीरलाई श्रद्धाञ्जलीका लागि राखिने बताइएको छ।
जोशीलाई मुटु र प्रोष्टेटसम्बन्धी समस्या थियो । कमजोरी बढेपछि उहाँलाई गत असोज ७ गते किष्ट मेडिकल कलेजको इमर्जेन्सी वार्डमा भर्ना गरिएको थियो । रगत परीक्षणको क्रममा उहाँमा डेङ्गु सङ्क्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य अवस्थामा सुधार नभएपछि सघन उपचार कक्षमा उहाँको उपचार भइरहेको थियो । उहाँको १९७७ साल वैशाखमा बखुम्बहाल, ललितपुरमा जन्म भएको थियो ।
लोक संस्कृतिका विज्ञको रूपमा परिचित जोशीलाई पहिलोपटक २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि तेस्रोपटक २०२८ सालमा मदन पुरस्कार प्रदान गरिएको थियो ।
संस्कृति र साहित्यमा जोशीको भूमिकाको कदर गर्दै सरकारले उहाँलाई ‘वाङ्मय शताब्दी पुरुष’ सम्मान प्रदान गरेको थियो ।